Logo

भ्रष्टाचार रोक्न सूक्ष्म अनुसन्धानदाता खटाउने व्यवस्था गर्छु: कार्की



काठमाडौँ, ३२ जेठ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले न्यायपालिकालाई स्वच्छ पारदर्शितालाई जोड दिने बताउँदै भ्रष्टाचार रोक्न सूक्ष्म अनुसन्धानदाता खटाउने व्यवस्था गर्ने पनि बताए ।

उनले आफ्नो अदालतमा बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी कानुन बनाउने योजना पेस गर्दै यस्तो बताएका हुन् । उनले अदालतमा हुनसक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यहरुप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, अनुगमन तथा सुपरीवेक्षण र निगरानीमूलक संयन्त्रहरुको क्रियाशीलतामार्फत् अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधिको नियन्त्रण गर्न पहल गर्ने, सदाचारयुक्त व्यवहारलाई प्रोत्साहन गर्नुका साथै अदालतमा हुनसक्ने विकृति विसङ्गतिको बारेमा जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने आफ्नो योजना रहेको बताए ।

उनले सुशासनविपरीतका गतिविधिहरुलाई कानुनको दायरामा ल्याउने, न्याय सम्पादनको प्रक्रिया र न्याय प्रशासनका विभिन्न पक्ष वा आयामहरुमा आवश्यक सुधार र परिमार्जन गरी न्यायिक सुशासन प्रवर्द्धनका लागि विशेष जोड दिने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्