Logo

भ्रामक अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईँविरुद्ध साइबर ब्युरोमा निर्वाचन आयोगको पत्र



काठमाडौं, ४ माघ । निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईँका पछिल्ला सार्वजनिक अभिव्यक्तिहरूलाई भ्रामक ठहर गर्दै साइबर ब्युरोलाई कानूनी कारबाहीका लागि पत्राचार गरेको छ। आयोगको आइतबार बसेको बैठकले आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

आयोगका अनुसार प्रसाईँले भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा केही व्यक्तिहरूमाथि निराधार आरोप लगाउँदै निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने किसिमका दाबी गरेका थिए। ती अभिव्यक्तिले भ्रम फैलाएको निष्कर्ष निकाल्दै आयोगले साइबर कानुनअनुसार अनुसन्धान र कारबाहीको माग गरेको जनाएको छ।

उच्च स्रोतका अनुसार निर्वाचनको संवेदनशील समयमा तथ्यहीन आरोपले सार्वजनिक विश्वासमा असर पार्न सक्ने भन्दै आयोगले तत्काल ध्यानाकर्षण गराएको हो। साइबर ब्युरोबाट अब यस विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्