Logo

मंगलबार शेयर बजार दुई अङ्कले बढ्यो



काठमाडौँ, १४ भदौ । शेयर बजार आज सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ३३ अङ्कले बढेर एक हजार नौ सय ९५ दशमलव ३४ विन्दुमा पुगेको छ ।

आज व्यापार, विकास बैंक, उत्पादन, अन्य, माइक्रोफाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर बढ्दा अरू समूहको भने घटेको छ । दुई सय २६ वटा कम्पनीको २९ लाख १४ हजार कित्ता शेयर एक अर्ब एक करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको नौ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्