Logo

मंगलवार बिहानै शक्तिशाली भूकम्प, ७ रेक्टर स्केल मापन



झापा, २३ पुस ।   पूर्वि  नेपालको झापा सहित विभिन्न जिल्लामा भूकम्प गएको छ । काठमाडौंमा पनि भुकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ रेक्टर स्केलको मापन भएको छ ।

पटकपटक गरेर लगातार ठुलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका छन् ।

मंगलबार बिहान ६ बजेर झण्डै ५२ मिनेट जाँदा झापा, काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्प गएको हो।

भूकम्पको धक्का झापा, काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ । केन्द्रविन्दु र कहाँके कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन ।

सुरक्षाका लागि भूकम्पपछिका सम्भावित पराकम्पहरूबाट जोगिन सतर्क रहनुहोस् र आपत्कालीन तयारीमा ध्यान दिनुहोस्।

 

 

प्रतिक्रिया दिनुहोस्