Logo

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते



हेटौंडा, ५ वैशाख । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा ईभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गएराति कान्तिलोक पथ सडकखण्डमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको ईभी दुर्घटना हुँदा रौतहटको दुर्गा भगवती गाउँपालिका–५ बस्ने ५० वर्षीया निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका–७ बस्ने १३ वर्षीया मानुसी मगरको मृत्यु भएको हो ।

निलमको उपचारको क्रममा मृत्यु भएको हो भने मानुसी दुर्घटनास्थल नजिकै खोल्सामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनमा घाइते १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्