Logo

मकै गोड्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते



ताप्लेजुङ, ३१ असार । ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवै जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्