Logo

मगर समुदायमा भूमे पर्वको रौनक



काठमाडौँ, २ असार । मगर समुदायको भूमे (भूम्या) पर्व जारी छ ।

यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठको अन्तिम दिनदेखि असार ५ गतेसम्म मनाउँछन् ।

हरेक वर्षको जेठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपी ल्याएपछि भूमे अर्थात् भूम्या पर्व शुरु हुन्छ । हरेक दिन बाजागाजासहित नाच नाच्छन् । मंगलबार बलि दिएर भूम्या पर्व समापन गरिन्छ ।

रोगब्याधि नलागोस्, प्राकृतिक प्रकोप नआओस्, अन्नबाली राम्रो होस् भनी भूमिको पूजा गरी यो पर्व मनाइन्छ । रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ र धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व विशेष महत्त्वका साथ मनाउँछन् ।

पछिल्लो समय बसाइसराइको क्रम बढेपछि दाङ, काठमाडौँ लगायतमा पनि यो पर्व मनाउने गरिएको छ । भूमि देवतालाई बलि चढाएपछि अनिष्ट नहुने र बालीनाली सप्रिने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्