काठमाडौँ, ३ असार । मङ्कीपक्स आशङ्कामा काठमाडौँको टेकु अस्पतालमा भर्ना भएका पुरुषमा मङ्कीपक्स नभएको पुष्टि भएको छ ।
बिहीवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका ती पुरुषमा मङ्कीपक्स पुष्टि नभएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिए । हिजो र आज प्रयोगशाला परीक्षण टोलीले गरेको अनुसन्धानबाट मङ्कीपक्स नभएको पुष्टि गरिएको छ ।
प्रयोगशालाको विज्ञ टोलीबाट जाँचका क्रममा विभिन्न ६ ठाउँबाट जाँच गर्दा आँखा र कानको तीन वटा नमुनामा कुष्ठ रोग पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका पुरुषलाई विमानस्थालको हेल्थ डेक्सले मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै टेकु अस्पताल पठाएको थियो ।