काठमाडौँ, १९ वैशाख । सरकारले वैशाख २० गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ ।
नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि बिदा कायम भएको गृहमन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ ।