Logo

मङ्गलवार पनि शेयर बजार दोहोरो अङ्कले घट्यो



 

काठमाडौँ, २५ असोज । लगातार दोस्रो दिन मङ्गलवार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

सोमवार २७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव शून्य ६ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव १६ विन्दुमा झरेको छ ।

आज व्यापार र होटलबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २९ वटा कम्पनीको १७ लाख ६८ हजार कित्ता शेयर ५५ करोड २८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्