झापा, १५ पुस । मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले ११औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ ।
फिदिम माविको मैदानमा आज भएको फाइनलमा चर्च ब्वाइजले मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा ५–४ गोलले हरायो । निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।
चर्च ब्वाइजले उपाधिसँगै १० लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको मच्छिन्द्रले पाँच लाख पाँच ५५ रुपैयाँ प्राप्त गरेको हो । प्रतियोगितामा ए डिभिजन लिगका चारसहित १० वटा टोली सहभागी थिए ।