पोखरा, २३ मंसिर । पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
बिरामी भेट्न गएकी पोखरा महानगरपालिका-१८ सराङकोट घर भएकी ६५ वर्षकी धनसरी घर्ती मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल गएको बेला छतबाट खसेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।






