काठमाडौँ, ५ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, झापा र धनुषामा मतगणना सुरु भएको छ ।
काठमाडौँको क्षेत्र नम्बर ७, ललितपुर क्षेत्र नम्बर २, ललितपुर क्षेत्र नम्बर ३, भक्तपुर क्षेत्र नम्बर २, कास्की क्षेत्र नं २, झापा क्षेत्र नम्बर २ र धनुषा क्षेत्र नम्बर ३ मा मतगणना भइरहेको हो ।
गणना भइरहेका क्षेत्रमध्ये ६ वटाको प्रारम्भिक नतिजामा ३ ठाउँमा नेकपा एमालेको अग्रता छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले २ र कांग्रेसले एक ठाउँमा अग्रता लिएको छ ।







