Logo

मतगणना स्थलमा तारजाली नलगाइने



फाइल फाेटाे

काठमाडौँ, १६ कात्तिक । निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाइने बताएको छ ।

बुधवार पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताएका हुन् ।

प्रमुख आयुक्त थपलियाले मतपत्रको सुरक्षा र गणना स्थलको सुरक्षाका लागि सीसी क्यामेरा भने राख्ने जानकारी दिए । विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै मतगणना स्थलमा तारजाली लगाइँदै आएको थियो ।

यसबैची राजनीतिक दल र उम्मेदवारहरूले बिहीवारदेखी जुलुस, आमसभा र कोणसभा गर्न पाउनेछन् । आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखि मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्