सोलुखुम्बु, ३१ वैशाख । सोलुखुम्बुको सोताङ गाउँपालिका-३ मा मतदातालाई घर लैजाने विषयमा भएको झडपमा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बेलुका कांग्रेस र माओवादी कार्यकर्ताबीच भएको झडपमा ३५ वर्षका सुदीप राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मत खसाल्न ल्याएको तर मतदान पछि घर पुर्याउन बेवास्ता गरेको विवादमा झडप हुँदा घाइते भएका राईको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए ।