Logo

मतदातालाई धम्काएको उजुरी परेपछि आयोगले प्रचण्डलाई सोध्यो स्पष्टीकरण



काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ ।

चितवनको भरतपुरमा भएको आमसभामा मतदातालाई धम्काएको आरोपसहित नेपाली कांग्रेस वीपीले दर्ता गराएको उजुरीका आधारमा प्रचण्डलाई स्पष्टीकरण सोधिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

‘२३ गते भएको आमसभामा प्रचण्डले भरतपुरमा रेनु दाहाललाई मतदान नगरि पराजित गरेमा देश दुर्घटनामा जाने धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप छ, उनलाई मतदातालाई धम्काएको आरोपमा स्पष्टीकरण सोधिएको हो’, अर्यालले भने ।

प्रतिक्रिया दिनुहोस्