Logo

मतदानका लागि तोकिएको नियमित समय सकियो



काठमाडौँ, ४ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत मतदानका लागि तोकिएको नियमित समय सकिएको छ ।

आयोगले आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान समय तोकेको थियो । तर ५ बज्नुअघि मतदान केन्द्र परिसरमा प्रवेश गरिसकेकाहरूले भने पाँच बजेपछि पनि मतदान गर्न पाउने आयोगले जनाएको छ ।

यस्तै केही मतदान केन्द्रहरूमा विवाद भएका कारण रोकिएको मतदान फेरि सुरु हुँदा केही घण्टाका लागि समय थप्न पाउने व्यवस्थाअनुसार समय थप भएको छ । मतपत्र फरक पर्दा केहीबेर रोकिएको दाङको तुलसीपुरमा रहेको पातु वनगाउँ मतदान केन्द्रमा बेलुका ७ बजेसम्मै मतदानको समय तोकिएको छ । दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका ठाउँमा मतदान रोकिएको छ । ती ठाउँमा मतदान सुरु गराउन प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्