झापा, ४ मंसिर । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जनताले उत्साहजनक सहभागिता जनाएका छन् ।
देशका विभिन्न स्थानमा छिटपुटका घटना बाहेक उत्साहपूर्ण तरिकाले मतदाताहरुले आफनो मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

कतिपय स्थानमा मतदाताहरु बिहान ६ बजेदेखि नै आफनो मतदान स्थलहरुमा पुगेर लाइनमा बसेका थिए ।
बिहान ७ बजेदेखि शुरू भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो भने केही मतदान केन्द्रमा तोकिएको समयभन्दा केही ढिलोसम्म मतदान भएको छ ।

त्यस्तै देश विभिन्न ठाउँमा मतदान स्थगित समेत भएको निर्वाचन आयोगले जनाएको छ ।









