Logo

मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए



सोलुखुम्बु, ३ मंसिर । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-४ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् ।

फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय बिहान ४ बजे अरु कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका हुन् ।

सर्लाही हरिपुर्वा नगरपालिका-५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्