Logo

मतदान केन्द्र ताेकिएका विद्यालयमा तीन दिनसम्म पढाइ सञ्चालन नगर्न निर्देशन



काठमाडौँ, २२ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिनसम्म पढाइ सञ्चालन नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

मतदान केन्द्र परेका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्नका लागि पत्रमार्फत निर्देशन दिइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी सुरेशकुमार जोशीले जानकारी दिए ।

चुनावका दिन देशभर सार्वजनिक बिदा दिनका लागि आयोगले यसअघि नै सरकारलाई सिफारिस गरिसकेको छ । अहिले भर्ना अभियान सञ्चालन भइरहेको र नयाँ कक्षा सञ्चालन भइरहेकाले तीन दिन विद्यालयको पढाइ प्रभावित हुँदा पनि खासै फरक नपर्ने जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्