Logo

मतपत्रमा चिन्ह नभएपछि झापाको एक केन्द्रको मतदान स्थगित



झापा, ४ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत मेचिनगर नगरपालिका वडा नम्बर १४ स्थित बालसुबोधनी माविको मतदानस्थलमा चुनाव चिन्ह नभएको मतपत्र भेटिए पछि मतदान रोकिएको छ ।

रूख र सूर्य चिन्ह नभएका मतपत्र भेटिए पछि मतदान रोकिएको हो । १० जनाले मतदान गरिसके पछि मतपत्र साटिएको थाहा भएको र मतदान रोकिएको बताइएको छ ।

प्रतिनिधि सभाको मतपत्रको ठाउमा प्रदेश सभाको मतपत्र राखिए पछि समस्या आएर मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । राजनीतिक दलले कर्मचारी परिवर्तन गर्नु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्