Logo

मदन आश्रितका हत्यारा को ?



हामीलाइ थाहा छ, सायदै अव कसैले कमरेड मदन आश्रितको हत्यारा सार्वजनिक गर्ने छैनन् । गफ मात्रै गर्नेछन् र जनता आफ्ना प्यारा नेताको सोकमा प्रत्येक वर्ष यसरी नै मनमा अनगिन्ति अनुत्तरित प्रश्नहरुसँग सवाल जवाफ गरिरहनेछन ।

Related image

सबै पात्रहरुलाइ हेरेपछि, सुनेपछि सन्दर्भ सामग्रीहरु ठम्याउँदा हामी एउटा निष्कर्षमा पुग्दछौँ, त्यो के भने जननेताको हत्यामा पार्टी भित्रकै खलपात्रहरुको अत्यन्तै निकृष्ट स्वार्थ, देशभित्रका सबै प्रतिकृयावादी शक्ति र विदेशी विस्तारवादी, साम्राज्यवादी लगायत यी सबै अपराधिहरुको संयुक्त साँठगाँठमै यस किसिमको षड्यन्त्र सम्भव भएको हो । यस तथ्यलार्इ आमजनताले महसुस गरेका छन । धेरै खलपात्रहरुका हात कमरेड मदन आश्रितका खुनले लत्पत्तिएको प्रष्ट छ । त्यसैले कोही मुख खोल्न तैयार छैन, खोल्ने छैनन् । अब हामीले यो भन्दा ज्यादा सायदै बुझ्न पाउने पनि छैनौँ । किनकि अपराधिहरुले एकपछि अर्को प्रमाण मेटाएका छन् र कतिपय प्रमाण समयसंगै मेटिँदैछन । 

म आज कमरेड मदनलाइ सम्झदाँ फेरि एकपटक विछिप्त बनेको छु । संसारको कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिबाट गुज्रिरहँदा हामीलार्इ जनताको बहुदलीय जनवादी कार्यक्रमको दिव्यदृष्टिबाट मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकाशको दस्तावेज दिनुभयो ।

जवजकै दृष्टिकोणबाट हेरिरहेका छौँ हामी हाम्रो समाजलार्इ र यसैको दार्शनिक आधारमा टेकेर यो देशको समुन्नतिको शुत्रको खोजी, प्रयोग र विकाशको प्रयास गरिरहेका छौँ ।

प्रतिक्रान्तिका खतरा आज पनि खुव पेचिला बनेर उभिएका छन् । तर, आज हामी सबैखाले प्रतिकृयावादी शक्तिहरुसँग जनताको बलियो उपस्थितिमा बिजयोन्मुख बनेर भिडिरहेका छौँ । जनताको पक्षमा लड्ने देशभक्तहरुले ज्यान जोगाउ, बचेर लक्षतर्फ हिँड तर झुकेर होइन, लुकेर होइन । निडर भएर, जनताका बिचमा उभिएर, आत्मरक्षा र प्रतयुत्तरको सबै प्रबन्ध गरेर । यही एउटा महत्वपूर्ण सिक्षा हो यस हत्याको ।

आज फेरि कमरेड मदनलाइ सम्झँदा हामी शोकमा छौँ, तर मृत्यूदेखि डराउन्नौँ र  शोकलाइ शक्तिमा बदल्ने प्रण गर्दछौँ । कमरेड मदन आश्रितको सम्झनामा गहिरो श्रद्धा र उच्च सम्मान ब्यक्त गर्दछु – हार्दिक अभिवादन सहित !

(भण्डारी युवासंघ नेपाल अन्चल कमिटी मेचीका सचिवालय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्