काठमाडौं, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्तालाई अझै एकता र सुदृढ गराउँदै पार्टी निर्माणमा लाग्न आग्रह गर्नुभएको छ।
पार्टी केन्द्रीय कमिटी बैठकले सदस्यता नवीकरण नगर्ने निर्णय गरेसँगै रुष्ट भएकी उहाले आफूलाई राजनीति गर्न संविधान र कानुन बाधक नभएको बताउनुभयो।
पार्टीका निर्णय कार्यकर्ता, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट थाहा पाएको बताउनुभयो। भण्डारीले नेकपा एमालेको आफ्नो सदस्यता कसैले चाहेर फाल्न नसक्ने भन्दै आक्रोश व्यक्त गर्नुभयो।
अहिले पार्टी सदस्यको कुरा हो। पार्टी सदस्य भएकै ४५ वर्ष भइसकयो। सदस्यता हुँदा मदनभण्डारी कोसी९सगरमाथा इन्चार्ज हुँदा लिएको हुँ। कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन उहाले भन्नुभयो।
उहाले पार्टी सदस्यता लिएको ३४ वर्ष हुँदा राष्ट्रपतिको शपथ लिएको र अहिले सदस्यता लिएको ४५ वर्ष भइसकेको सुनाउनुभयो।
राष्ट्रपतिको कार्यकालपछि आफूले बाँकी जीवन मातृ पार्टी एमालेबाटै अघि बढाउने निष्कर्ष निकालेको र काम अघि बढाउन लागेको पनि बताउनुभयो।