Logo

मधेश केन्द्रित दलको मोर्चाबन्दीका लागि जनमत पार्टीले कार्यदल बनायो



काठमाण्डाै, २२ पुस ।  मधेश केन्द्रित दलहरूसँग मोर्चाबन्दी गर्न जनमत पार्टीले कार्यदल गठन गरेको छ । सीके राउत नेतृत्वको जनमतको केन्द्रीय सचिवालयले दुई सदस्यीय कार्यदल गठन गरेको हो ।

केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा. शरतसिंह यादव रहेको समिति गठन गरिएको जनमतको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिनुभयो । मधेश केन्द्रित दलहरूसँग संवाद र सहकार्य गरिने जनमतले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधान संशोधनको विषय उठाएपछि मधेश केन्द्रित दल पनि एकजुट हुन लागेका हुन् । संविधान संशोधन गर्दा मधेशका माग पनि सम्बोधन गराउन दबाब दिन मधेश केन्द्रित दलहरूको मोर्चाबन्दी गर्ने तयारी शुरू गरिएको जनमतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्