Logo

मधेश प्रदेशका तीन जिल्लाका सीमा नाका बन्द



धनुषा, २ पुस । भारतको विहार राज्यको मधुवनी जिल्लासँग जोडिएका मधेशका तीन जिल्लाहरुको सीमा नाका गएरातिदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ ।

सिरहा, सप्तरी, महोत्तरी लगायतका जिल्ला समेत भारत विहारको मधुवनी जिल्लाको सीमासँग जोडिएका छन् ।

मधुवनी जिल्ला अन्तर्गतको नगरपालिकामा पुस ३ गते अर्थात् डिसेम्बर १८ तारिखमा चुनाव हुने भएकाले सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले ७२ घण्टाका लागि सीमा नाका बन्द भएकाले आवश्यक सहयोग एवं समन्वयका लागि सीमावर्ती पालिकाहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्