Logo

मधेश प्रदेशमा ५ सय १ उम्मेदवारको जमानत जफत



धनुषा, १ पुस । मधेश प्रदेशमा प्रतिनिधिसभातर्फ ५ सय १ जना उम्मेदवारको जमानत जफत भएको छ ।

निर्वाचन आयोगले जारी गरेको तथ्यांक अनुसार प्रत्यक्षतर्फ प्रदेशका ८ वटै जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका लागि ५ सय ९१ जना चुनावमा भाग लिएको मध्ये ५ सय १ जनाको जफत भएको हो ।

३२ जना निर्वाचितसहित ९० जनाले मात्र आफ्नो जमानत जोगाएका छन् । धनुषामा सबैभन्दा धेरै जमानत भएको छ ।

आयोगको तथ्यांक अनुसार धनुषामा १ सय २ जना उम्मेदवारी दिएकोमा ९० जनाको जमानत जफत भएको छ । महोत्तरीमा ६७ जनामा ५४ जना, सर्लाहीमा ६९ जनामा ५८ जना, रौतहटमा ६८ जनामा ५९, बारामा ७६ जनामा ६४ र पर्सामा ५३ जनामा ४४, सप्तरीमा ६९ जनामा ५७ जना, सिरहामा ८७ जनामा ७५ जनाको जमानत जफत भएको छ ।

प्रतिक्रिया दिनुहोस्