Logo

मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत: भट्टराई



जनकपुरधाम, १ असार । नेकपा (एमाले)का मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताएका छन् ।

एमालेले मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि पहिलो पटक जनकपुरधाम पुगेका एमाले सचिव भट्टराईले शंकाको सुविधाकै आधारमा एमालेले मधेस सरकारलाई विश्वासको मत दिएको बताएका हुन् ।

मधेस सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मानवीय सूचकांकमा सबैभन्दा पछाडि परेको प्रदेश रहेकाले विकासको खाँचो रहेको बताए । उनले प्रदेशको विकासका लागि कोही पनि विरोधी बन्नु नहुने बताए । उनले एमालेबाट प्रदेश विकासमा कुनै विरोध नहुने स्पष्ट पारेका थिए ।

उनले भने “मधेस प्रदेश आर्थिक, सामजिक रूपमा पछाडि परेको प्रदेश हो, यो प्रदेशको विकासमा हामी अवरोध बन्नु हुँदैन सोचेर नै मुख्यमन्त्रीजीलाई विश्वासको मत दिएका हौँ, यसमा हाम्रो कुनै राजनीतिक लेनदेन भएको होइन ।”

प्रतिक्रिया दिनुहोस्