Logo

मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत



जनकपुरधाम, ६ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका छन् ।

आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवलाई ६९ जना सांसदले विश्वासको मत दिए । ३५ जना सांसदले विपक्षमा मत दिए । बैठकमा एक सय चार जना सांसद उपस्थित थिए ।

गएको माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले आज तेस्रो पटक विश्वासको मत लिएका हुन् । उनी गएको वर्षको पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्