तारामणि सापकोटा
मधेसी समुदायको बाहुल्यता रहेको २ नम्बर प्रदेसमा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुनै लागेको छ । यसको निर्वाचन परिणामले राजनीतिक कोर्षका धेरैवटा इन्डिकेटर निर्धारण गर्ने सम्भावना रहेको छ । ठूलो दल हुने दावी, संविधानको कार्यान्वयन, मधेसी दलको अस्तित्व संकट, मधेसमा निरासा वा उत्साह लगायतका राजनीतिक कोर्षमा नयाँ आयाम थपिने आंकलन गरिएको छ ।
२ नम्बर प्रदेसमा काँग्रेस, एमाले, माओवादी र मधेसी दलले सबै भन्दा ठूलो हुने दावी गर्दै आएका छन् । स्थानीय तहको अहिलेसम्मको निर्वाचन रिणामले एमाले ठूलो द लबनेको छ त्यसलाई रोक्न नेपाली काँग्रेसले मधेसमा एक सय भन्दा बढी सीटमा जित्नु पर्ने बाध्यता छ । काँग्रेसले त्यहि एक सय सीटको दावी गर्दै आएपनि त्यो सम्भावना कम देखिएको छ । नेकपा एमाले अध्यक्ष केपी ओलीले २ नम्बरमा पहिलो पार्टी एमाले हुने र प्रदेसमा पनि सबैभन्दा बढी सीट जितेर सरकार बनाउने घोषणा गरेका छन् । एमालेको सम्भावना पनि भरपर्दो देखिँदैन । माओवादीको पहिलो हुने सम्भावना निर्वाचन परिणामले मात्र निर्धारण गर्छ । तर, तुलनात्मक रुपमा माओवादीको अवस्था सुधारोन्मुख देखिएको छ ।
मधेसी दलको पहिलो हुने दावीपनि जनताले पत्याएका छैनन् । राजपा लगायतका मधेसी दलका लागि स्थानीय निर्वाचन एक प्रकारको बाध्यता हो । ‘नखाउँ भने दिनभरीको सिकार, खाउँ भने कान्छा बाको अनुहार’ भने जस्तै भएको छ । माओवादी उत्साहित छन् भने काँग्रेस एमाले दवावमा छन् । काँग्रेसलाई जसरी भने ठूलो पार्टीको पोजिशन कायम गर्नु छ ।
एमालेलाई पनि पहिलो पार्टी नभए दोस्रो पोजिशन कायम गर्नु पर्ने बाध्यता छ । तर, मधेस प्रति एमाले अध्यक्ष केपी ओलीको अनुदार चरित्र र कटाक्ष, संविधान संशोधन एमालेका कारण असफल भएको शन्देसले एमालेकालागि मधेस त्यति सजिलो छैन ।
भारतले लगाएको नाकाबन्दीको प्रतिवादमा एमालेले गरेको प्रतिवाद स्वरुप ६ वटा प्रदेसको स्थानीय निर्वाचन एमाले नाफामा गयो । तर, नाकाबन्दीको बलिया समर्थन नगरेपनि मधेसी दलले उठाएका एजेण्डा पुरा भए हुन्थ्यो भन्ने मधेसी समुदाय ठूलो थियो । एमालेको राष्ट्रादको चर्को कुरा ६ वटा प्रदेसमा जति बिकाउ भयो, २ नम्बर प्रदेसमा त्यो त्यति बिकाउ नहुन सक्छ । यहि तथ्यबाट एमाले अन्य प्रदेसमा नाफामा गएपनि २ नम्बर प्रदेसमा घाटामा जाने सम्भावना भएको हो । त्यसो त मधेसी दलको उग्रताका कारण मधेसले धेरै गुमाएको मधेसी समुदायले हिसाव गरेको हुनु पर्छ । मधेसी जनताको भावना भन्दा अरु कसैले अराएको सिकाएको भरमा राजनीतिक गर्ने मधेसी दलको चरित्रबा मधेसी जनताले सन्तुस्ट छैनन् ।
एमालेको उग्रराष्ट्रवादका नाममा व्यक्त हुने जातिय अहंकार र मधेसी दलको जातिय अधिकारका नाममा उग्रताबाट मधेसी जनता परिचित भइसकेका छन् । उनीहरु एमाले र मधेसी दलको विकल्प खोज्न बाध्य छन् । प्रचण्डप्रति मधेसी जनतामा देखिएको आकर्षणले मधेसी जनता साना दल होइन ठूला दलप्रति आकर्षित छन् भन्ने देखिन्छ । यद्धपी मधेसमा ठूला तीन दल र मधेसी दलको प्रतिस्प्रर्धा राम्रै खेखिन्छ ।
मधेसको मामलामा दुई अतिवाद देखिएको छ । एउटा एमालेको राष्ट्रवाद र अर्को मधेसवादी दलको उग्रता । दुबै दलको अहंकारले वास्तवमा मधेसी जनता अधिकार पाउनबाट बन्चित भएका हुन् । मधेसमा दुई प्रदेसको सम्भावना हुँदा हुँदै मधेसी दलको उग्रताले त्यो सम्भावना समाप्त पारेको हो । अर्कोतर्फ एमालेको उग्रराष्ट्रवादले पहाडे समुदाय खुसी भएपनि मधेसी मसुदायको भावनामा चोट पुगेको छ ।
साशक वर्ग र सत्ताको बिरोध गर्ने नाममा पहाडे समुदायप्रति अनुदार हुने मधेसी समुदायको व्यवहार र भारतको हेपाह प्रवृति र मधेसी दलको उग्रताको बिरोध गर्ने नाममा मधेसी समुदाय प्रति अनुदार बन्ने एमालेको कार्यशैलीले समस्या उत्पन्न भएको हो । एमालेले पहाडे समुदायलाई खुसी बनाउने उदेश्यले गर्ने राष्ट्रवादको नारा नस्लीय राष्ट्रवाद हो । यसैगरी मधेसवादी दलले मधेसी समुदायकाम नाममा लगाउने चर्का नारा पनि नस्लीय अहंकारवाद हो । यि दुबैले नेपाली समुदायलाई बिभाजन गर्ने काम मात्र गर्दछ । यसले नेपाली राष्ट्रियता बलियो हुन सक्तैन ।
मधेसमा हुने निर्वाचन होस वा मंसिरमा हुने संघ र प्रदेसको निर्वाचनमा एमालेले र मधेसी दलको नस्लीयवादी सोँच स्थापित हुनु हुँदैन । नस्लीय सोँच विजयी भए राष्ट्रियता कमजोर हुन्छ । संविधानको कार्यान्वयन, स्थानीय सरकार बलियो बनाउन र जनतालाई अधिकार सम्पन्न बनाउन अबको निर्वाचन नस्लीय सोँच बिरुद्धमा हुन सक्नु पर्दछ ।