Logo

मधेसको मुख्यमन्त्रीमा यादवको दाबी पेस



जनकपुर, २७ पुस । मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि जनता समाजवादी पार्टी (जसपा)का सरोजकुमार यादवले दाबी पेस गरेका छन् ।

बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष ६३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको दाबी पेस गरिएको हो ।

उनलाई नेकपा एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, स्वतन्त्र सांसद्वय सुरिता साह र अनुरुध सिंहले समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्