जनकपुरधाम, २ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेशमा भइरहेको भागबण्डासहितको भ्रष्टाचार रोक्न जनसंघर्षको आह्वान गरेका छन् ।
धनुषाको जनकपुरधाममा आम जनता पार्टीले राखेको अगुवा कार्यकर्तासँगको भेटघाट तथा अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले उक्त आह्वान गरेका हुन् ।
उनले भने‚ ‘हिजो मधेश सरकारले ल्याएको बाँड्ने, चाट्ने र लुट्ने बजेटको विरोध गर्छौं । यो बजेट आम जनताको होइन ।’
आफ्ना आसेपासे कार्यकर्तालाई मात्र काम लाग्ने बजेट ल्याएकाले यस्तो बजेटको विरोध गर्न आफ्ना कार्यकर्तालाई उनले आह्वान गरे । यसको बारेमा आम जनतालाई बुझाउन पनि उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।





