Logo

मधेसमा मुख्यमन्त्रीकाे दाबी पेस गर्न आह्वान



जनकपुरधाम, २२ पुस । मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले पुस २८ गतेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुख मिश्रले दुई वा दुईभन्दा बढी दलको समर्थनमा पुस २८ गते दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जानकारी दिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई दाबी पेस गर्न भनिएको छ ।

मधेस प्रदेश सभामा एक सय सात जना सदस्य छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्