जनकपुर, १३ माघ । मधेस प्रदेशका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गरेका छन् ।
बिहिवार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमाले मधेस प्रदेशको संसदीय दलका नेतासमेत रहेका मन्त्री सरोजकुमार यादवले मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज नै जनमत पार्टीका मन्त्री बसन्त कुशवाहाले पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताए ।
जनमत पार्टीले किसान आन्दोलन गरेको स्मरण गर्दै उनले किसानहरुको समस्या समाधानमा आफूले प्राथमिकताका साथ काम गर्ने जनाएका छन् ।







