काठमाडौँ, २२ असार । मधेस प्रदेशको मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाउनुभएको छ । उहाले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६७ सांसदको विश्वासको मत पाउनुभएको हो ।
१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्री सिंहलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्छ तर मुख्यमन्त्रीले त्यो भन्दा बढी अर्थात ६७ सांसदको मत पाउनुभयो। उहाको विपक्षमा ३४ मत परेको हो । बैठकमा १०१ जना सांसद उपस्थित थिए ।
मधेस प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, कांग्रेसका २२, जनमतका १३ र लोसपाका ९, जसपाका १९, माओवादीका ९ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १-१ सांसद छन् ।
लोसपाको ९ सांसद भए पनि एक जना सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।






