जनकपुरधाम, २८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका तीन मन्त्रीलाई बर्खास्त गरेका छन् ।
प्रधानमन्त्री शेरबहादु्र देउवाले संघीय सरकारबाट जसपाबाट बनेका मन्त्रीहरु हटाएको भोलिपल्ट मुख्यमन्त्री राउतले कांग्रेसबाट प्रतिनिधित्व गरेका मन्त्रीहरु हटाएका हुन् ।
मन्त्री पद जानेहरुमा मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्रप्रसाद सिंह छन् ।








