Logo

मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, को-को बने मन्त्री?



जनकपुरधाम, १५ साउन ।  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

प्रदेशका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले सोमवार पाँचौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाली कांग्रेसका मोहमद समिम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंह नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आजै पद तथा गोपनीयताको शपथ गराएका छन् ।

योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । जसपाबाट विनाविभागीय मन्त्री सुरिता साह यथावत् रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्