काठमाडौँ, ७ पुस । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका थिए ।
अध्यक्ष राउतले मधेसमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविकरूपमा मुख्यमन्त्रीको दाबी रहने बताए । उनले मधेसमा नागरिकको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको जिकिर गरेका थिए ।
उनले भने, ‘हामीसँग राम्रो सङ्ख्या छ । हामी निर्णायक भूमिकामा रहेका छौँ । मधेस प्रदेशमा नेतृत्वको दाबी छ । हामी तेस्रो ठूलो दल बनेका छौँ मधेसमा । जनताले राम्रो सिट दिनुभएको छ । जनताको अपेक्षा पनि छ ।’







