Logo

मधेस प्रदेश: मुख्यमन्त्री यादवले विश्वासकाे मत लिँदै



जनकपुरधाम, ३ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिदैँछन् ।

नवनिर्वाचित प्रदेश सभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

यस्तै सभामुखको चुनाव पनि आजै हुने भएको छ । सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको हो ।

गएको बुधवार मुख्यमन्त्री नियुक्त भएका यादवले शुक्रवार (पुस २९ गते) पद तथा गोपनीयताको शपथ लिएका थिए भने सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल राय प्रतिस्पर्धामा छन् ।

एक सय सात सदस्यीय मधेस प्रदेश सभामा सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्