Logo

मधेस प्रदेश सभामा जनमत पार्टीका महेशप्रसाद यादव निर्वाचित



सप्तरी, ६ मंसिर । मधेस प्रदेश सभामा जनमत पार्टीका महेशप्रसाद यादव निर्वाचित भएका छन् ।

सप्तरी-२ (ख) बाट जनमत पार्टीका यादव १३ हजार ३ सय २५ मत ल्याएर विजयी भएका हुन् ।

उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेशकुमार यादवलाई पराजित गरेका हुन् ।

उनले ७ हजार २३ मत प्राप्त गरेका छन् । तेस्रोमा रहेका जनता समाजवादी पार्टी, नेपालका लक्षमण यादवले ५ हजार ६ सय २१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्