Logo

मध्यपहाडी क्षेत्रका युवालाई कृषि यन्त्र उपकरण मर्मत सम्बन्धी तालिम



काठमाडौँ, ३ वैशाख । मध्यपहाडी क्षेत्रमा कृषि यन्त्र उपकरणको प्रयोग बढ्न थालेको छ ।

यन्त्र उपकरणको प्रयोग बढ्न थालेसँगै उपकरण बिग्रने र मर्मत सम्भार गर्ने प्राविधिक नहुँदा समस्या पर्न थालेपछि नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतको राष्ट्रिय कृषि इञ्जिनियरिङ अनुसन्धान केन्द्रले युवा किसानलाई तालिम दिएको छ ।

केन्द्रले पछिल्लो पटक मध्यपहाडी क्षेत्रका १७ जना उद्यमी किसान र बेरोजगार युवालाई तालिम दिएको हो । १० दिने आवासीय तालिममा पाँच वटा प्रदेशका गरी १७ जना युवाको सहभागिता रहेको केन्द्रले जनाएको छ ।

तालिममा सहभागिलाई विभिन्न कृषि यन्त्र उपकरण मर्मत तथा व्यावसायिक योजना र खेती प्रविधिबारे जानकारी दिइएको छ । केन्द्रले विभिन्न चरणमा गरी अहिलेसम्म ३४ जिल्लाका ५८ जना किसानलाई तालिम प्रदान गरेको केन्द्रका प्रमुख डा.श्रीमत श्रेष्ठले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्