Logo

मध्यरातमा बालेन साहको आपत्तिजनक स्टाटस, चर्को आलोचनापछि केहीबेरमै गरे डिलिट



काठमाडौं, १६ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह फेरि विवादमा तानिएका छन् ।

शनिबार मध्यराति मेयर साहले सामाजिक सञ्जालमा आपत्तिजनक अंग्रेजी शब्द प्रयोग गर्दै नेपालको दुई छिमेकी मुलुक चीन र भारतसँगै अमेरिका, नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (माओवादी केन्द्र)को विरोध गरेका हुन् । साथै, स्टाटसमा मेयर साहले ‘तिमीहरू सबै मिलेर केही गर्न सक्दैनौँ ।’ लेखेका थिए ।

पोस्ट सार्वजनिक भएको केही मिनेटमै उनको स्टाटसको चर्को आलोचनापछि मेयर साहले स्टाटस डिलिट गरेका थिए । साहले आफ्नो फेसबुक वालबाट हटाए पनि स्टाटसको स्क्रिनसर्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्