Logo

मध्यराति भुटानमा भूकम्प, नेपालमा पनि धक्का



काठमाडौं, २५ जेठ । आइतबार राति भुटानमा भूकम्प जाँदा नेपालमा पनि धक्का महसुस गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार आइतबार राति ११:३६ बजे (स्थानीय समय) भुटानको पुनाखा जिल्लाबाट ५ किलोमिटर टाढा केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।

जसको धक्का नेपालसहित भारत, बंगलादेश र चीनका केही भागमा पनि महसुस गरिएको हो।

नेपालमा भूकम्पको धक्का पूर्वी क्षेत्रमा महसुस गरिएको थियो।

भूकम्पका कारण कुनै क्षतिको रिपोर्ट आएको छैन।

प्रतिक्रिया दिनुहोस्