Logo

मध्य मालीमा भएको विस्फोटमा चार जना सैनिकको मृत्यु



माली, २९ वैशाख । मालीका चार सैनिकको घरेलु बम विस्फोटमा मृत्यु भएको सेनाले बुधबार जनाएको छ ।

मालीको सशस्त्र बलको आधिकारिक वेबसाइटमा उल्लेख गरिए अनुसार दुर्घटना बुधवार भएको थियो । जसमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएका छन् ।

यसअघि सोमबार मध्य मालीको डिओनडियोरीमा सशस्त्र आतङ्कवादी समूह (जीएटी) द्वारा गोलाबारीबाट दुई बालबालिकाको मृत्यु भएको र अन्य चार जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्