बिर्तामोड, २८ कात्तिक । मनकामना क्याम्पस साहित्यिक परिवारको अध्यक्षमा प्रियंका उप्रेती चयन भएकी छन् ।
गत भदौ २८ गते भएको समिति पुर्न गठन कार्यक्रममा अध्यक्षमा दुई जनाको उम्मेदवारी परेसँगै समिति गठन कार्यक्रम केही समय लागि स्थगित भएको थियो ।
लामो समयको छलफल र आत्म चिन्तन पश्चात् दर्जनौं संस्था हाकिसकेका कुशल नेतृत्वकर्ता दिपक ढुंगानाले सहमति र सहकार्य नै संस्थाको हितमा छ भन्ने शुत्रलाई शिरोधार्य गर्दै आज आफनो उम्मेदवारी फिर्ता गर्दै अध्यक्षका अर्की आकांक्षी प्रियंका उप्रेतीलाई सर्मथन गरेसँग साहित्यिक परिवारले नयाँ नेतृत्व पाएको हो ।
त्यस्तै परिवारको उपाध्यक्षमा पूर्णामा दाहाल, सचिवमा भरत प्रसाईं, सह-सचिवमा देव बास्कोटा र कोषाध्यक्षमा आइस्का कार्की सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा मन्जिला ढकाल, मेघा लिम्बू, सुजन कठेत, बिरु दर्नाल, सुशान्त नेपाल र जेनिशा खत्रीलगायत चयन भएका मनकामना साहित्यिक परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीले जानकारी दिए ।
विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले कलेजमा २०७२ सालमा स्थापित साहित्यिक परिवारले विभिन्न समयमा विविध कार्यक्रमहरु गर्दै आएको छ ।