Logo

मनमोहन आँखामा नबिझाउने आदर्श व्यक्ति हुनुहुन्थ्यो: केपी ओली



काठमाडौँ, १३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालमा मनमोहन अधिकारी भन्दा पुरानो कम्युनिष्ट नेता नभेटेको बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानले अधिकारीको २३ औं स्मृति दिवसमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘आँखामा नबिझाउने अत्यन्तै आदर्श व्यक्ति हुनुहुन्थ्यो मनमोहन अधिकारी,’ उनले भने ,‘नेपालमा कम्युनिष्ट पार्टीको स्थापना हुनु भन्दा ७ वर्ष अगाडि नै उहाँ कम्युनिष्ट हुनुहुन्थ्यो ।’ पार्टी स्थापना हुनु भन्दा अघि नै मजदुरको हक अधिकारकालागि लडेको र भारतबाट ब्रिटिश भगाउ आन्दोलनमा लागेको ओलीले बताए ।

‘नेपालका कम्युनिष्ट मध्ये मनमोहन अधिकारी जेष्ठ कम्युनिष्ट हुन् । मनमोहन अधिकारी भन्दा पुरानो कम्युनिष्ट नेता मैले भेटेको छैन,’ उनले भने, ‘पार्टी स्थापना हुनु भन्दा अगाडि नै कम्युनिष्ट हुनुहुन्थ्यो ।’

अधिकारी महान उदेश्य बोकेर हिँड्ने अथक साधक भएको ओलीको भनाइ छ । ‘उहाँले जीवनमा कहिले हतारो गर्नुभएन । आरामले काम गर्ने शैली थियो,’उनले भने,‘अलिअलि हतारो नगर्ने उहाँको शैली म मा पनि छ ।’

त्यहाँ आयोजित समारोहमा अध्यक्ष ओलीले सत्ता गठबन्धनको कुनै राजनैतिक आधार नभएकोले गठबन्धनले एमालेको मात्र विरोध गरिरहेको आरोप लगाए । उनले, आफ्ना विपक्षी दलहरूसँग विकासका कुनै ठोस एजेण्डा नभएकोले नै एमाले नेतृत्वको सरकारले गरेका विकासको विरोध गरिरहेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्