Logo

मनसुन कम सक्रिय हुँदा पानी परेन, राति भने कोशी र मधेशमा ठूलो वर्षाको सम्भावना



काठमाडौं, ८ साउन । अस्ति मङ्गलवारसम्म सक्रिय रहेको मनसुन फेरि निष्क्रियजस्तै भएको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार मनसुन निष्क्रिय नभएर कम सक्रिय भएको हो ।

मनसुन कम सक्रिय भएकाले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सुक्खा भएको छ । आज पनि बिहानैदेखि घाम चर्किएको छ । गएराति केही ठाउँमा हल्का वर्षा मात्रै भयो ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भेगसहित केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षको सम्भावना छ ।

राति कोशी र मधेश प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्