Logo

मनाङको नार्पाभूमिमा कांग्रेस र चामेमा एमाले विजयी



मनाङ, ३१ वैशाख । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।

उनले १५८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको नार्पाभूमिमा ३०४ मत खसेको थियो ।

त्यस्तै चामे गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनले ३२० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्