Logo

मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त, चार जनाको शव भेटियो



सोलुखुम्बु, २६ असार । बेपत्ता भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लामजुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

बिहान १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको मनाङ एअरको नाइन एन ए एम भी कलसाइनको हेलिकप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेमा रहेको लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले पनि हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गरेका हुन् । हेलिकप्टरमा चालकसहित ६ जना विदेशी यात्रु थिए । क्याप्टेन चेत गुरुङले हेलिकप्टर उडाएका थिए । हेलिकप्टरमा रहेका पाँचै जना मेक्सिकोका नागरिक रहेका लुक्ला विमानस्थलका एटीसी अफिसर सागर कँडेलले जानकारी दिए ।

हेलिकप्टरमा सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए । अहिलेसम्म चार जनाको मात्रै शव भेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । दुर्घटनास्थलमा काठमाडौँबाट गएको अल्टिच्युड एअरको हेलिकप्टर पुगेको छ । उद्धारको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्