Logo

मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन



सोलुखुम्बु, २६ असार । सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ जना यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एअरको एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो ।

‘मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकप्टरसँग भाइबरमा हेल्लो मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्