Logo

मनाङ मर्स्याङ्दी आहा रारा गोल्ड कपबाट बाहिरियो



कास्की, १९ पुस । आहा रारा पोखरा गोल्ड कपमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै अमेरिकाको भुटानी युथ स्पोर्ट्स क्लब (बीवाईएससी) सेमिफाइलनमा प्रवेश गरेको छ ।

छ पटकको आहा राराको विजेता मनाङ मर्स्याङ्दीलाई बीवाईएससीले एक-शून्य गोलले हराएको हो । आमन्त्रित पाहुना टोलीले प्रतियोगितामा सुखद सुरुवात गर्दा गोल्ड कपको इतिहास बोकेको मनाङ बाहिरिएको छ ।

पाहुना टोलीका लागि प्रविन बस्नेतको गोल निर्णायक बन्यो । बस्नेतको गोलमा अमेरिकी टोली सेमिफाइनलमा पुग्यो । अन्तिम चारमा प्रवेश गरेको पाहुना टोलीले चर्च ब्वाइज युनाइटेडसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्